चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्रोफेसर हिरासतमा

 

काठमाडौं । कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना गरेको भन्दै चीनले एक जना प्रोफेसरलाई हिरासतमा लिएको छ ।

प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएका हुन् ।

ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए ।

यसअघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेको भन्दै उनलाई घरमै नजरबन्द गरिएको थियो ।

अहिले हिरासतमा लिइएका ती प्रोफेसरका एक साथी जेंग जिओनेनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘उनी म पक्राउ पर्छु भनेर मानसिक रुपमा पूरै तयार थिए ।

उनले आफ्नो झोलामा आफ्ना कपडा, टुथब्रस राखिसकेका थिए ।’

प्रोफेसर ग्रुनले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर पनि प्रश्न उठाएका थिए । त्यसबेला सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।

प्रकाशित भएको : July 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु