अव मास्क नलगाई बाहिर हिडे जरिवाना

 


विश्वव्यापी रूपमा फैलिएको कोरो’ना भाइरस (को’भिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणको लागि सरकारले अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ। सो अनुरोध नमान्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ।

बुधबार प्रहरीले सवारी साधन तथा पैदल हिँड्दा अनिवार्य रुपमा मास्क प्रयोग नगरेका ६४ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई संक्र’मण रोग ऐन २०२० अनुसार कारवाही लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो।

नियन्त्रणमा लिएका सय रुपैयाँ जरिवाना तिरेर प्रशासन कार्यालय छुटेका छन् ।

उपत्यकामा को’रोना संक्र’मण पत्ता लगाउन समुदायमा परीक्षण

काठमाडौं उपत्यकामा कोरो’ना भाइर’स (को’भिड-१९) को स्थानीय सं’क्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा को’रोना सं’क्रमण देखिएको छ । उनीहरूको सं’क्रमणको स्रोत पनि पत्ता लागेको छैन ।

पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भा’इरस भेटिएपछि समुदायस्तरमै सं’क्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि यसलाई अस्वीकार गर्दैनन् । तर यकिन भन्न सकिने अवस्था पनि छैन । किनकि त्योस्तरको परी’क्षण भएको छैन । त्यसैले समुदाय स्तरमा कोभिड-१९ परीक्षण गर्न थालिएको छ ।

मन्त्रालयको एक अधिकारीका अनुसार काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउन मन्त्रीस्तरीय छलफल भएको थियो, जसमा मन्त्रालयका विज्ञहरूका साथै इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर वासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा र कोभिड अस्पतालका प्रतिनिधि उपस्थित थिए ।

छलफलमा मन्त्री भानुभक्त ढकालले उपत्यकाका संक्र’मण अवस्थाबारे ‘ब्रिफिङ’ लिनुका साथै सरकारले चाल्नुपर्ने सम्भावित कदमबारे विज्ञहरूको राय लिएका थिए ।

विज्ञहरूले क्या’न्सर, द’म, निमोनि’या, मधु’मेहजस्ता दीर्घ’रोग लागेका मानिसहरू, शल्यक्रि’याका लागि अस्पताल पुग्नेहरूका साथै संक्रमित भेटिएको क्षेत्रमा बसोबास गर्नेहरूको पीसीआर विधिबाट टेस्ट गर्नुपर्नेमा जोड दिएका थिए ।

‘जनस्वास्थ्य विज्ञहरूको सुझावअनुसार मन्त्रालयले १७ असारमा समुदायको सं’क्रमण खोज्ने निर्णय गरेको हो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  भनेका छन्, ‘संक्रमण भेटिएको समुदायमा गएर कन्ट्या’क ट्रेसि’ङबाट फेला परेका र जोखिम समूहमा रहेका मानिसको परीक्षण गर्छौं ।’

उनका अनुसार उपत्यकाको १० ठाउँका सर्वसाधारणको थ्रोट स्वा’ब पनि संकलन भइसकेको छ ।

तीनकुने र नख्खु क्षेत्रमा संकलन गरिएको २२८ वटा नमुना परी’क्षण गर्दा सबैको रिपो’र्ट नेगे’टिभ आएको छ । अन्य ठाउँको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए ।

शंखमुल, कपन, मैतीदेवी, कोटेश्वर, खुशीबुँ, कागेश्वरी, बोडे, टोखा क्षेत्रबाट पनि स्वा’ब संकलन गरिएको छ ।

उपत्यकाका अरु स्थानबाट पनि नमुना संकलन गरिने ईडीसीडीका निर्देशक डाक्टर पाण्डेले बताए । उनले भने, ‘उपत्यकामा केही ठाउँमा पटक-पटक संक्र’मित भेटिएका छन् । त्यही क्षेत्रको समुदायमा व्यापक नमुना संकलन गरेर परीक्षण गर्छौं ।’

जबकि जनस्वास्थ्य विज्ञहरूले केही पहिलादेखि नै समुदायस्तरमा संक्रम’ण खोज्नुपर्ने बताउँदै आएका थिए । मृ’त्यु भइसकेपछि कोरोना पुष्टि भएका वा संक्र’मण पु’ष्टि भएका केसहरूको संक्रमण स्रोत नै पत्ता नलागेपछि जनस्वास्थ्य विज्ञहरूले उपत्यका जोखिम बढेको भन्दै परीक्षणमा जोड दिँदै आएको थियो ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स-२’ प्रारम्भिक अध्ययनले उपत्यकाको केही स्थानको ढलमा को’रोना भा’इरस फेला पारेको थियो । अध्ययनका लागि काठमाडौंको चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो, जसमध्ये २ ठाउँमा कोभिड-१९ गराउने -सा’र्स कोभ-२’ भाइरस भेटिएको थियो ।

प्रकाशित भएको : July 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु