8 months ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि नबस्ने भएको छ ।
आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ
पार्टीका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।
पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्ला एक्लै छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो ।
प्रकाशित भएको : July 8th, 2020
प्रतिकृया दिनुहोस्