पोखरामा यति धेरै जनामा कोरोना संक्रमित भेटियाे

 

गण्डकी प्रदेशको कास्की जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार बुधबार दिउसो पोखराका १० सहित कास्कीका १३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा पोखरा महानगरका १० पुरुष र मादी गाउँपालिकाका २ पुरुष तथा १ महिला रहेको निर्देशनालयले जनाएको छ । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।

गण्डकी प्रदेशमा कोरोनालाई जितेर घर फर्किनेक्को संख्या ३ सय ५३ पुगेको छ ।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु