सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया, खर्च आफैं व्यहोरे

 

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ।

सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिए।

काठमाडौंको तिलगंगा आँखा अस्पतालमा डा. सन्दुक रुइतको टोलीले उनको दायाँ आँखाको शल्यक्रिया गरेको हो।

सापकोटाको दायाँ आँखामा समस्या देखापरेकाले शल्यक्रिया गरिएको न्यौपानले बताए।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले व्यहोरेको उनले बताए।

शल्यक्रियापछि सभामुख सापकोटा आराम गरिरहेका छन्।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु