नेपाल एयरलाइन्सका थप पाइलट र उडान कर्मचारीहरुमा को’रोना संक्र’मण पुष्टी

 


नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ।

उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए।

यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरू सबै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।

एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ।

प्रवक्ता खड्काका अनुसार उनीहरूलाई चार वटा उडानपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरिएको छ।’

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन ।

काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु