ओली प्रचण्डबीच करिव २ घण्टाको छलफल सकियो

 


प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

दुई अध्यक्षबीचको छलफलबारे थप जानकारी आउन बाँकी नै छ।

स्रोतका अनुसार दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो।

नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो।

विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।

दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो।

दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दबाव दिएका छन्।

प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्।

प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै (वान टु वान) भएको वार्तामा कुनै निष्कर्ष निस्केको छैन।

सोमबार र मंगलबार भएका छलफल सकारात्मक भए पनि कुनै सहमति हुन सकेको थिएन् ।

दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन्।

उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले स्थायी समितिले दबाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएपछि अवस्था झन् जटिल बनेको हो।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु