1 month ago

केन्द्रीय कमिटी बैठकमा मातृकाले भने-अन्तरघातीकाे लिस्टमा छु
असार २०, २०७९
केन्द्रीय कमिटी बैठकमा मातृकाले भने-अन्तरघातीकाे लिस्टमा छुफाइल तस्बिर ।
सुदर्शन खबर
काठमाडाैं ।
नेकपा (माओवादी केन्द्र)का नेता मातृका यादवले आफू पनि अन्तरघातीकाे ‘लिस्ट’ (सूची)मा भएकाे बताएका छन् । मधेसमा हारकाे जिम्मा अध्यक्षले लिनुपर्ने उनकाे भनाइ छ ।
काठमाडाैंमा जारी माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकमा नेता यादवले पटक पटक छानबिनकाे माग गरेपनि पूरा नभएकाे बताए । “अहिले म पनि अन्तरघातीकाे लिस्टमा छु ।
अन्तरघात गरेकाे आरोप लागेकाे छ,” उनले भने, “पटक पटक छानबिन गराेस् भनेकाे माग पूरा भएन । तत्कालै उच्चस्तरीय आयाेग गठन हाेस् ।”
मधेसमा हारकाे जिम्मा अध्यक्षले लिनुपर्ने उनकाे भनाइ छ ।
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
प्रकाशित भएको : July 4th, 2022
प्रतिकृया दिनुहोस्