प्रचण्डलाई दबाब : कि सहमति गर नत्र पदाधिकारीको चुनाब गराउ

 

पदाधिकारीको नाम प्रस्ताव गर्न प्रचण्डलाई सुझाव, सहमति नभए चुनाव

२०७९ असार २०

सुदर्शन खबर

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारी र स्थायी कमिटी तथा पोलिटव्युरो चयन गर्न दबाब परेको छ ।

आइतबारदेखि शुरु भएको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफलमा भाग लिने नेताहरूले पदाधिकारी टुंगो लगाउन दबाब दिएका हुन् ।

छलफलमा भाग लिँदै नेता हरिबोल गजुरेलले यस पटक पदाधिकारी चयन गर्नै पर्ने बताए । उनले यही बैठकमा अध्यक्षले पदाधिकारीको नाम प्रस्ताव गर्नुपर्ने र चित्त नबुझे चुनावमा जानुपर्ने बताए ।

गजुरेलले भने– अध्यक्षले यही बैठकमा पदाधिकारी प्रस्ताव गर्नुपर्छ । अब स्थायी, पोलिटब्यूरो र पदाधिकारी बनाउनु पर्छ। अध्यक्षले एउटा प्रस्ताव पेस गर्नुपर्छ । चित्त बुझेन भने चुनावमा जानु पर्छ।

आफ्नै पार्टी मिलाउन नसक्नले कसरी देशको नेतृत्व गर्छ भन्दै सुदन किराँती, पञ्चा सिंह, हेमराज भण्डारी लगायतका नेताले पनि पदाधिकारी र स्थायी कमिटी लगायतका संरचना टुंगो लगाउन सुझाव दिएका थिए ।

बहुमत सदस्यले पदाधिकारी टुंगो लगाउन दबाब दिएका छन् । अध्यक्षको प्रतिवेदनमाथिको छलफल सकिएको र मङ्गलवार ११ बजे पुनः बैठक बस्ने जानकारी दिइएको छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रचण्डले मंगलवारको बैठकमा दिने भएका छन् ।

प्रकाशित भएको : July 4th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु