बाह्रबिसे नगरपालिका बाढीः दुईको मृ’त्यु, १८ बेपत्ता

 


गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेप’त्ता भएका छन् भने २ श’ब प्राप्त भएको छ ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु-याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ ।

सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ ।

ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

त्यस्तै, बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेले अनुखाँडिचौरभन्दा माथिको पुल बगाएको कारण लामो बाटो आफूहरु घटना भएको स्थानमा पुग्न लागेको बताए ।

उनका अनुसार २ जनाको श’व भेटिएको र सात आठ जना हराइरहेको प्रारम्भिक जानकारी आएको छ । त्यस्तै, १५ देखि १६ घर बगाएको भन्ने जानकारी छ ।

यद्यपि, घटना भएको स्थानमा पुगेपछि मात्र सबै कुराको यकिन जानकारी आउने उनले बताए ।

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको श’व स्थानीय बासिन्दाले भेटेका छन्। अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।

बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी दिएका छन्।

उनले घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको बताए।

मेयर शेर्पाले बाढीले जम्बु बजार बगाएको र जुरेमा समेत पहिरो गएको जानकारी दिएका छन्।

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु