के नेपालले खसालेकै हाे त भारतीय हेलिकप्टर ? यस्तो छ वास्तविकता

 

एजेन्सी । हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।

यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो ।

अनि भारतीय पाइलट अहिले नेपालको नियन्त्रणमा छन् ।’

यस भिडियामो देखिएअनुसार उडिरहेको हेलिकोप्टर अचानक हावाबाट खसेको छ ।

‘नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हमलाका लागि सीमा पार गरेको छ ।

बेलाहियामा भारतसँग हवाई भी’ड’न्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान खसाल्यौं र एक भारतीय पाइलटलाई कब्जा ग¥यौं ।

अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन दिइएको छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरेर संविधान संशोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि दुई देशबीच तनाव बढेको समय यो पोस्ट सामाजिक सञ्जालमा छाइरहेको छ र यसलाई भारतीय प्रयोगकर्ताहरुले निरन्तर शेयर गरिरहेका छन् ।

दाबी– आईएएफ हेलिकोप्टर रुद्र नेपालले खसाल्यो र लगत्तै भारतीय पाइलट प’क्रा’उ परे ।

फ्याक्ट चेक– यो दाबी गलत हो । इनभिड प्रयोग गरेर भिडियोलाई इन्डिभिजुयल फ्रेम ब्रेक गर्दै यान्डेक्समा रिभर्स इमेज सर्च गरिएको छ ।

यसो गर्दा हामी हाबेर्लर डटकम नामक बेवसाइटमा पुग्छौं, जसले २०१२ मा एक प्रकाशित गरेको थियो । यस लेखमा भाइरल भिडियोको स्क्रिन सट थियो ।

‘सिरियाली विपक्षीहरुले सिरियाली वायुसेनाको हेलिकप्टर उत्तरी सिरियाका मरेत अल नुमन जिल्लास्थिते इदलिबमा खसालेको दाबी गरेका छन्,’ तस्विरको क्याप्सनमा लेखिएको छ ।

हुगो काम्यानले २०१९ मा गरेको ट्वीटमा पनि यो भिडियो समावेश छ ।

यहाँ क्याप्सनमा लेखिएको छ, ‘सिरियाली वायुसेनाको एक हेलिकोप्टर मध्य आकाशमै बि’स्फो’ट, विपक्षी एन्टी–एयरक्राफ्टले १७, अक्टोबर २०१२ मा इदलिब कन्ट्रिसाइडमाथि निशाना साँधेपछि यो खसेको थियो ।

सम्पूर्ण सिरियाली गृ’ह’यु’द्धमध्येको यो एक बहुलट्ठी र आइकोनिक भिडियो हो ।’

मिलिटरी डटकम र मिडिया पोर्टल अन डमान्ड न्युजले पनि सन् २०१२ मा सिरियाली वि’द्रो’ही’ले सिरियाली सेनाको हेलिकप्टर खसालेको विषयमा फरक फरक शीर्षकमा समाचार प्रकाशित गर्दै त्यस समाचारसँगै यो भिडियो अपलोड गरेका छन् ।

त्यसैकारण सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्वन्द्वका दौरान २०१२ मा सुट गरिएको थियो ।

नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन ।

श्रोतः- deccanherald.com/ thelogicalindian.com

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु