प्रहरीलाई झुक्याएर हतकडीसहित भागे ह’त्या’का आ’रो’पी

 

कैलाली । कैलालीमा ह’त्या आ’रो’पमा प’क्रा’उ परेका एक अभियुक्त हतकडीसहित भागेका छन् ।

इलाका प्रहरी कार्यालय फल्टुडेबाट बुधबार राति चुरे गाउँपालिका–६ भावरका २३ वर्षका गणेशबहादुर ऐर भागेका हुन् ।

उनी हजुरआमाको ह’त्या आ’रो’प’मा प’क्रा’उ परेका थिए ।

खाना खाने बेला प्रहरीलाई झुक्काएर भागेका उनको खोजी भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम जबराले बताए ।

अभियुक्तको खोजीका लागि डीएसपी प्रतीक विष्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

७५ बर्षकी पार्वतीदेवी ऐरको ह’त्या आरोपमा बुधवार बिहान प्रहरीले गणेशलाई प’क्रा’उ गरेको थियो ।

उनले मंगलबार दिउँसो फलामको रड र धारिलो ह’ति’या’र प्र’हा’र गरी हजुरआमाको ह’त्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु