सबै यातायात सेवा बन्द गर्न व्यवसायीको माग

 

यातायात व्यवसायीले सबै प्रकारको यातायात सेवा बन्द गर्न माग गरेका छन्।

लामो दूरीको यातायात सेवा रोकेर मात्रै कोभिड–१९ को संक्रमणबाट बच्न नसकिने नेपाल यातायात व्यवसयी महासघंका महासचिव सरोज सिटौला बताउँछन्।

‘अहिले उपत्यकामा थोरै गाडी चलेकाले भीड धेरै छ। यो त झन भयावह स्थिति भयो। बरु केही दिन सबै काम ठप्प गरेर सबै यातायात पनि रोकौं,’ सिटौलाले भने।

हाल सञ्चालनमा रहेको वायु सेवा पनि रोक्नु पर्ने उनले माग गरे।

सिटौलाले भने, ‘एउटै जहाजमा ५०–६० जना यात्रा गर्दा संक्रमण फैलिन सक्दैन र?’

सबै प्रकारका यातायात सेवा बन्द गराउन महासघंले विभागीय मन्त्रालयमा अपिल गरिसकेको उनले जानकारी दिए।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु