साम्राज्ञीपछि ज्योति मगर निन्द्रा हराएको ५–७ बर्ष भयो सबै सत्य खोल्छु भन्दै आइन्

 

काठमाडौ । नेपालमा अहिले मीटु अभियानले चर्चा पाउँदैछ । एकपछि अर्को गर्दै चर्चित व्यक्तिहरु यस प्रकरणमा फस्दैछन् ।

अहिले पुराना अभिनेता भुवन केसीको नाम चर्चामा रहेको छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केसीमाथि गम्भीर आरोप लगाएकी छिन् ।

यो बीचमा केसीले कानुनी उपचार खोज्दै भन्दै चेतावनी पनि दिएका छन् ।

याे पनि पढ्नुहाेस 

मन्त्रिपरिषद बैठकमै बेहोस भएका प्रधानमन्त्रीको निधन

भारतीय मिडियाबारे सरकारले यसाे भन्यो

गत वर्ष अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझामाथि पनि गम्भीर आरोप लगाएकी थिइन् ।

तर अहिलेसम्म पनि उक्त घटनामा कुनै अपडेट आएको छैन । यो बीचमा चर्चित गायिका ज्योती मगरले पनि मुख खोलेकी छिन् ।

मगरले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् ।

उनले थप आफूले अझै आफूले निन्द्रासँग सम्झौता गर्नुपर्छ होला समेत भनेकी छिन् ।

याे पनि पढ्नुहाेस 

भारतीय सञ्चारमाध्यमको प्रचार पीत पत्रकारिताको नमूना : पत्रकार महासंघ

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

ज्योतीले आफू जस्तै निन्द्रासँग सम्झौता गरिरहेका अन्य मानिसहरुहरुले आफूसँग कुरा शेयर गर्न सक्ने पनि लेखेकी छिन् ।

उनको पहिरन र स्टेजमा प्रस्तुत हुने तरिकाको भने विवादित बन्ने गरेको छ । जानकारी अनुसार गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् ।

लकडाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाडौं फर्किने तयारीमा भएको खुल्न आएको छ ।

उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको जानकारी दिएकी छिन् ।

तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत बजारमा ल्याउने उनको तयारी रहेको छ ।

याे पनि पढ्नुहाेस 

प्रहरीलाई झुक्याएर हतकडीसहित भागे ह’त्या’का आ’रो’पी

बाबुराम भट्टराईले सरीता गिरीलाइ यस्ताे भने

ज्योतीले सामाजिक सञ्जालमा राखेको स्टाटस यस्तो छ, ‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेको छैन ।

अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिंह राजपुतको जीवन त्याग पश्चात बिभिन्न सामाजिक सञ्जालमा धेरैले भन्नु भयो ‘इफ यु ह्याभ ए प्रोबलम प्लिज टक टु मि, आइ एम विथ यु’ अर्थात ‘यदी तिमीसँग कुनै समस्या छ भने मलाई भन म तिमीसँगै छु ।’

मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्याहरु छन् जो समाधान भैरहेका छैनन् ।

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई यस्ताे भने

प्रचण्डले ओलीलाई भने- पहिले प्रदर्शन रोक्नुस्

तर म भन्न सकिराको छैन कतै मेरो समस्या ‘शिल्पा पोखरेल’ को कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ? कतै समस्या समाधान हुनुको साटो झन् ठुलो समस्याहरु आयो भने ? सायद मैले मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नु पर्छ होला ।

प्यारा प्यारा दिदीबहिनीहरु तपाईहरु पनी म जस्तै निद्रासँग सम्झौता गर्नु भएको छ भने आउनुहोस मेरो इनबक्समा केही दुःख सुखको कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का सँग साटेर बेस्सरी आशु झारौ ।’

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु