बाढी पहिरोमा परि २३ को मृ’त्यु, कैयौं बेप’त्ता

 


शुक्रबार साँझ ७ बजेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृ’त्यु भएको छ । ३६ जना बेपत्ता छन् भने २६ जना घाइते भएका छन् ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रले  उपलब्ध गराएको विवरणअनुसार शुक्रबार बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । तीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ । बुधबार राति सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकाले उद्धारमा कठिनाइ भएको केन्द्रको भनाइ छ ।

कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको छ ।

सबैभन्दा बढी मानवीय क्षति कास्की र जाजरकोटमा भएको छ । दुवै जिल्लामा ७\७ जनाको मृ’त्यु भएको छ ।

पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ८ जनाको मृ’त्यु भएको छ । घाइतेको संख्या ११ छ ।

थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाति र छिमेकी इशिका थापाको ज्या’न गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनकी आमा हिमकला अधिकारीको ज्या’न गएको छ ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृ’त्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका–४, सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीया छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १९ वर्षीय वीरेन्द्र सार्कीको पनि मृ’त्यु भएको हो । अन्य तीन जनाको सनाखत भइसकेको छैन ।

बारेकोट पहिरो अपडेट : सातको श’व भेटियो, सात बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा सात जनाको मृत्यु भएको छ। छुटाछुटै घटनामा सातजना बेपत्ता भएका छन्। बारेकोट ४ जिरी सार्कीटोलमा गएराति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये सात जनाको श’व भेटिएको हो।

पहिरोमा परेर ५२ वर्षीया गोपाल सार्की र उनका ११ वर्षीया छोरा अर्जुन सार्कीको श’व फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की र १८ वर्षीया वीरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

त्यस्तै कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव फेला परेको छ। दुईजना महिलाको शवको पहिचान खुल्न नसकेको उनले बताए। पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए।

पहिरोले बारेकोट-४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा पाहुन आएका दुईसहित पाँचजना अझै बेपत्ता छन्। त्यस्तै बारेकोट-६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीले बेपत्ता भएका छन्।

रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले बाढीबाट उद्दार गरेका छन्। रामचन्द्र गम्भीर घाइते भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको बताए।

म्याग्दीमा ३ जनाको मृ’त्यु, उद्धारमा कठिनाइ

म्याग्दीमा बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको श’व भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । ३१ जना अझै बेपत्ता छन् ।

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको श’व भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

धौलागिरि गाउँपालिका–६ मराङमा २१, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ९ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’, उनले भने । उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको थियो । तर, मौसमका कारण बीचबाटै तीन पटक होलिकप्टर फर्किएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

लमजुङमा तीनजनाको म’त्यु

लमजुङको बेंसीशहर नगरपालिका–७, सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।

विहीबार राति करिब ११ बजे ढुंगासहित खसेको पहिरोमा घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

विहीबारकै रात लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

रुकुम र गुल्मीमा तीन जनाको मृ’त्यु

रुकुम पश्चिममा पहिरोमा परेर दुईजनाको मृ’त्यु भएको छ भने एक जना घाइते छन् । आठबीसकोट नगरपालिका–३, रजेखोलामा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ६ बजे गएको पहिरोले तुलबहादुर दमाईको एक तले घर पुर्दा उनकी श्रीमती २८ वर्षीय सीता र ६ वर्षीय छोरा हाबिलको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घर पुरिँदा घाइते ८ वर्षीया छोरी हिराको अवस्था सामान्य छ ।

यस्तै, गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृ’त्यु भएको हो ।

श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

प्रकाशित भएको : July 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु