महानगरीय प्रहरी बृत्तमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण

 


महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ

प्रकाशित भएको : July 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु