आक्रमक कारबाही बन्द गर्ने विप्लवको घोषणा

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना महामारीलाई मध्यनजर राख्दै आक्रमक कार्यक्रम नगर्ने घोषणा गरेको छ ।

सोमबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले विश्व मानव समुदायलाई ठूलो क्षति पुर्याएको र त्यसको असर र जोखिम आम नेपालीमा पनि परेकोले सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्न आग्रह गरेका छन् ।

उनले आफ्नो नेता–कार्यकर्तालाई पनि कोरोना महामारीविरुद्धको अभियानमा लाग्न निर्देशन दिएका छन् ।

Ratopati

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु