9 months ago

नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा डिजिटल स्टार प्रालिले यो वर्षको नयाँ तीज गीत माइत जाने बाटैमा भाइरस सार्वजनिक गरेको छ।
कोरोना भाइरस संक्रमणको त्रासलाई मध्यनजर गर्दै तीज गीतमा यो वर्ष नेपाली चेलीबेटिहरुले भोग्नु पर्ने बेदना व्यक्त गरिएको छ।
माइत जाने बाटैमा भाइरस गीतको म्युजिक भिडियोमा स्वर रिना के सीले दिएकी छ्न भने शब्द शिव अखेलीको रहेको छ। म्युजिक गोबिन्द पौडेलले दिएका छ्न।
म्युजिक एरेन्ज र निर्देशन तारानाथ आचार्यको रहेको छ।
भिडियोमा अफ्सना थापा, बुध्दि खनाल, माया गिरि, राजेन्द्र कुवर, दिपक पौडेल, दिपिका क्षेत्री लगाएतको अभिनय रहेको छ।
उक्त गित २४ घण्टामै ३७ मा ट्रेन्डिंग चलिरहेकाे छ ।
प्रकाशित भएको : July 14th, 2020
प्रतिकृया दिनुहोस्