
काठमाडौ । नेपालमा चर्चित बन्दै गएको राइडर एप ‘पठाओ’का सह–संस्थापक फहिम सलेहको ह’त्या भएको छ ।
युवा उद्यमी तथा अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ कम्पनी ‘पठाओ’का सह–संस्थापक मृत फेला परेका छन्।
‘पठाओ’का सह–संस्थापक फहिम सलेह न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अं’गहरु का’टेर टु’क्रा टु’क्रा पा’रिएको अवस्थामा भेटिएका अमेरिकी सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
प्रहरीले यसबारे सार्वजनिक रुपमा कुनै जानकारी दिएको छैन। तर युवा उद्यमी सलेहले स्थापना गरेको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ।
‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले भनेको छ।
अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी सोमवार एक मास्क लगाएका व्यक्तिसँग उनी बसेको भवनमा प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ।
उनका श’रीरका अं’गहरु का’टेर टु’क्रा टु’क्रा पा’रेको अवस्थामा फेला परेको थियो। उनको शरीरको नजिकै एउटा विद्युतिय का’ट्ने औ’जार समेत भेटिएको थियो।
कानुनी निकायका एक व्यक्तिले घटनास्थलको दृश्य हेर्दा ‘प्रो’फेस’नल कि’लि’ङ’ जस्तो देखिएको बताएका छन्।
३३ वर्षीय सलेह बंगलादेशी आप्रवासी हुन्। हाई स्कुलमा हुँदा नै उनले आफ्नो पहिलो कम्पनी स्थापना गरेको थिए।
We are deeply saddened to inform you about the sudden and tragic loss of our founder and CEO, Fahim Saleh. Fahim was a great leader, inspiration and positive light for all of us.
— Gokada – We do delivery now (@GokadaNG) July 15, 2020
उनी बंगलादेश, नेपाललगायत विभिन्न देशमा प्रख्यात रहेको ‘पठाओ’ कम्पनीको पनि सह–संस्थापक हुन्।
प्रतिकृया दिनुहोस्