संस्थापन ईतर समुहबाट शेखर एक्ला उम्मेदवार , एकीकृत नेतृत्व दौडबाट देउवा पछि हट्दै

 

नेपाली कांग्रेसको अधिबेशनको प्रक्रिया औपचारिक रुपमा सुरु भैसकेको छ यस्तो मा नेतृत्वको होडबाजी पनि सुरु भैसकेको छ।

कांग्रेस भित्र प्रष्ट ३ वटा गुट देखिए पनि यसपालि २ पक्ष बिचमात्र लडाइहुने अडकलबाजी राजनीति बजारमा व्यापक चर्चाको बिषय बनेको छ।

यो भन्दा पहिला १३औ महाधिवेशनमा तेस्रो धारको रुपमा खडाभएका कृष्ण सिटौला समूह यसपालि शेखर कोइरालालाई साथ दिने मनिस्थिती बनाएका छन।

यस्तोमा अहिलेको सभापति शेरबहादुर देउवाले २ पक्षबीच मात्र चुनावी लडाइ भए आफ्नो पक्षबाट आफै पछाडि हटेर अहिलेका उप सभापति एबम उनको बिश्वास पात्र मानिने बिमलेन्द्र निधीलाई सभापतिमा अगाडि सार्ने देखिन्छ।

यस्तोमा उक्त समूह बाट प्रवक्ता बिश्व प्रकाश शर्मा र आर्जु राणालाई महामन्त्रीको उम्मेदवार बनाउने दाउमा देउवा लागेको छ भने अहिलेको संस्थापन इतर पक्षबाट सभापतिमा शेखर कोइराला उप सभापतिमा प्रकाशमान सिंह र राम शरण महत त्यस्तै महामन्त्रीमा युवा नेता द्वय धनराज गुरुङ र गगन थापाको चर्चा चलेको देखिन्छ।

उता बिमलेन्द्र निधिलाई सभापति देउवाको समर्थन छ भने शेखर कोइरालालाई १३औ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका रामचन्द्र पौडेल र कृष्ण सिटौलाको साथ देखिन्छ।

१३ महाधिवेशनमा असन्तुष्ट भएर देउवा खेमामा गएका अर्जुननर्सिङ केसिको पनि साथ शेखर कोइरालालाई हुने देखिन्छ।

प्रकाशित भएको : July 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु