किट दिए त्रिवि ल्याबबाट पनि कोरोना परीक्षण, चार घण्टामै नतिजा

 

त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहत रहेको प्रयोगशालाबाट पनि कोरोनाभाइरस परीक्षण गर्न सकिने बताएको छ।

त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाभाइरस परीक्षण गर्ने उपकरण रहेको बताएको हो।

विभागका प्रमुख प्राध्यापक डाक्टर कृष्णदास मानन्धरले एक वक्तव्य जारी गर्दै आफ्नो प्रयोगशालाबाट पनि कोरोना परीक्षण गर्न सकिने उल्लेख गरेका छन्।

‘सरकारले अनुरोध गरे प्रयोगशालाबाट कोरोना परीक्षण गर्न सकिने अवगत गराउन चाहन्छौं,’ उनले भनेका छन्।

प्रयोगशालामा केही सुधारपछि परीक्षणका काम गर्न सक्ने पनि उनले बताएका छन्।

विभागलाई किट उपलब्ध गराए चार घण्टामै परिणाम दिन सकिने उनको भनाइ छ।

यस्तै, विभागले स्नातकोत्तरका विद्यार्थी स्वयम् सेवकका रूपमा पनि उपलब्ध गराउन सकिने बताएका छन्।

साथै, विभागको नवनिर्मित भवन क्वारेन्टाइन वा आइसोलेसन बनाउनुपर्ने भए उपलब्ध गराउन विभाग तयार रहेको उनले बताएका छन्।

Setopati

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु