के पशुपतिबाट भारतीय भट्टहरु हटाउँदैछ सरकार ? पशुपति क्षेत्र विकास कोषले बल्ल मुख खोल्यो

 

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र कौषले कुनै सोच नबनाएको उल्लेख गर्नुभएको छ ।

नेपाल भारतबीच सदियौँदेखि जनस्तरमा धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल पार्न लागीपरेका शक्तिले यस किसिमको हल्ला गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्ता भ्रामक हल्लाका पछि नलाग्न पनि कोषले आम मानिसमा आह्वान गरेको सदस्य–सचिव ढकालले बताउनुभयो ।

प्रकाशित भएको : July 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु