Breaking : रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवनमा

 

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ ।

कतिपयले रामकाे जन्म अयोध्या पर्सा जिल्लामा पर्ने भनाइ राखिरहेको बेला चितवनसँगै सिमापर्ने पर्साकाे ठोरीमा पनि पुरातत्व विभागले अनुशन्धान गर्ने भएको छ ।

पर्साको सम्भावित क्षेत्रहरुमा पनि यसअघि नै अनुशन्धानका लागि उत्खनन थालिएको पुरातत्व विभागले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा रामको जन्म नेपाल भएको तर भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षाे भएकाे बताउनुभएपछि यसको ठोस प्रमाणका लागि पुरातत्व बिभाग लागि परेको हो ।

रामको जन्म ठोरी मै भएको जानकारहरु बताउछन् । ठोरी भन्ने स्थान पर्सा र चितवन जिल्लाको नजिकै नेपालमै हुनाले रामको जन्म नेपालमै भएको प्रधानमन्त्रीको मत थियो ।

चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयको अनुमान पनि छ ।

सो क्षेत्रमा आजबाटै अनुशन्धानको काम थाल्ने बताइएको छ । माडीका स्थानीय तथा त्यहाँका सरोकारवालाहरु रामको जन्म माडीमा हुनसक्ने प्रमाण्हरु धेरै भएको बताउछन् ।

त्यसक्षेत्रमा वाल्मिकी क्षेत्रमा घोडा बाँध्ने स्थान, सीता पाताल भासिएको स्थान, पानीको कुवा लवकुश खेल्ने स्थान, पुराना इटाका टुक्रा, ढुङ्गा, माटो जस्ता प्रमाणहरु रहेको स्थानीय बताउछन् ।

प्रधानमन्त्री ओलीले रामको जन्म नेपालमा भएको बताएपछि देश तथा विदेशमा सर्वत्र आलोचना भइरहेको छ ।

राम काण्ड : ओलीको “स्टारडम” झन बलियो , आलोचना हैन प्रसंसा बढ्न थाल्यो

ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद ! अनुसन्धान हुन जरूरी

खुसिकाे खबर : अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग

यी आठवटा प्रमाणका कारण राम नेपाली नै हुन, यसबारे अनुसन्धान हुन जरूरी छ

अयोध्या नेपालमा पर्छ र राम नेपाली हुन, भारतले नक्कलि अयोध्या बनायो

प्रकाशित भएको : July 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु