
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको हाे ।
उनले घरका अन्य सदस्य घरमुली मृतकका हजुरबुबा प्रेम राज विक र उनकि श्रीमती भने सकुशल रहेको हमालले जानकारी दिनुभयाे ।
घरमा छजना बस्दै आएका थिए । मृतकका हजुरबुबा प्रेमराज, हजुरआमा पनि सकुशलै रहेका छन्। र अर्का एक व्यक्ति सकुशलै रहेका छन्।
तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए।
गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमन प्रहरी पुगेर उद्धार गरेको तथा त्यहाँ तत्काल कास्कीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि पुगिसकेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्