सूर्य नेपाल प्रालिद्वारा कोरोनाविरुद्ध लड्न ७ करोड रुपैयाँ सहयोग

 

सूर्य नेपाल प्रालिले कोरोनाविरुद्धको लडाईमा सहयोग पु¥याउन नेपालका सातवटै प्रदेशलाई रु. १ करोडको दरले कूल रु.७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेण्ट–कर्पोरेट, रवि केसीले एक कार्यक्रमका बीच रु. १ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई चेक हस्तान्तरण गरेका छन् ।

त्यस्तै, सूर्य नेपाल प्रालिका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरेका छन् ।

साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश नं. १–कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २–कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष, जनकपुर, बागमती प्रदेश– बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष, हेटौंडा, गण्डकी प्रदेश– कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५–कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल, कर्णाली प्रदेश– प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेश–कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु. एक÷एक करोड सहयोग रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने कम्पनीले विश्वास लिएको छ ।

सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित भएको : July 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु