ठाेरीमा सुरक्षा बढाऔं ,भारतकाे ठुलाे चलखेल हुन सक्छ

 

नेपालका प्रधानमन्त्रि ओली ले दिएको रामको जन्मस्थानको बारेको बयान अहिले नेपाल र भारतमा निकै नै चर्चको बिषय बनेको छ ।

यति मात्र हैन भारत का ठुलठुला मिडिया हाउसहरुले बयान दिएको दिनबाट नै बहस कार्यक्रम र ब्रेकिंग न्यूज दिईरहेका छन भने ईतिहाँस बिदहरुलाई पनि कार्यक्रममा जोड्दै जानकारी दिईरहेका छन ।

नेपालमा पनि उक्त बयान दिईसकेपछि सरकार सक्रिय भएर स्थानीय तह, जिल्ला समिति , पुरातत्व बिभाग र बिभिन्न सरकारी निकायहरुको ध्यान अनुसन्धानमा गएको छ । त्यति मात्र हैन माडि नगरपालिकाका जन प्रतिनिधि र त्यहाँका जनता पनि लागिपरिरहेका छन ।

राम जन्मेका कहाँ हुन भन्ने प्रमाण हाल न भारत सँग छ न त नेपालसँग नै तर नेपाल प्रमाणको नजिक छ ।

नेपालसँग प्रमाणित गराउन धेरै प्रमाणहरु भएको पुरातत्व तथा ईतिहाँस बिधहरु जनाउँछन । एक माडिका स्थानिएका अनुसार उक्त छ्येत्रमा भुमि उत्खनन गर्दा, बाटो बनाउदा साथै खेत सम्याउदा रामको पालाका सिक्का र मुर्ति देखिने गरेका थिए’, ; यस बाट पनि थाहा हुन्छ कि नेपाल मा केहि त्यस्तै अझै बाकि छ जुनले प्रमाणित गर्न सकोस कि राम नेपाली हुन ।

यसरी सम्पूर्ण प्रमाण पत्ता नलगाएसम्म उक्त स्थानमा सुरक्षा निकायको ध्यान भने जान जरुरी देखिन्छ किनभने भारतले यस बिषयमा हदै सम्मको चलखेल गर्न पछि हट्दैन । हुन त सम्बन्धित निकायले उक्त दिनदेखि केहि सुरक्षा मा ध्यान दिएपनि त्यति ले भने पक्कै पुग्दैन ।

साथै सरकारले माडि बासिसँग वार्ता गरि उनीहरुसँग भएका (भुमिमा भेटेका) पुराना सिक्का तथा मुर्तिहरुको अनुसन्धान र सुरक्षा गर्नुपर्दछ । यसरी पुराना मुर्ति र सिक्का साथै अन्य पुराना चिजहरुलाई अध्ययन गरेर पनि प्रमाण निकाल्न पक्कै सकिन्छ ।

प्रकाशित भएको : July 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु