
भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दु’व्य’र्व’हा’र गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।
बाराणसी प्र’ह’रीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए ।
अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो ।
भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपाल’वि’रु’द्ध मु’र्दा’बा’दको नारा लगाउन समेत लगाइएको थियो ।
भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई प’क्रा’उ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठक’वि’रु’द्ध एफआईआर दायर गरेको थियो ।
नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए ।
त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताएका थिए ।
तर पीडित भनिएका व्यक्ति प्रहरीकहाँ पुगेका थिएनन् ।
शनिबार बाराणसी प्र’ह’री’ले उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।
घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प’क्रा’उ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’
उनले भिडियो बनाए पावत एक हजार रुपैयाँ लिएको पाइएको प्र’ह’री’ले बताएको छ ।
@amitpathak09 @CMOfficeUP @PMOIndia @UPGovt @dgpup @Uppolice @adgzonevaranasi @igrangevaranasi @HMOIndia pic.twitter.com/cHw9im2Dw0
— Varanasi Police (@varanasipolice) July 18, 2020
प्रतिकृया दिनुहोस्