प्रचण्डमा चमत्कारीक यूर्टन : ओलीको राजिनामा र आलोपालो प्रधानमन्त्री बिर्सिने कारण खुल्यो

 

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा चमत्कारीक यूर्टन आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न आडान राखिरहेका प्रचण्डमा चमत्कारी यूर्टन आउँदा सबै चकित भएका छन् ।

उनले आफूले आलोपालो प्रधानमन्त्रीको कुरा छाडेको घोषणा गर्दै छिटो महाधिवेशन गरेर समस्याको निकास दिनुपर्ने निश्कर्ष सुनाएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लामो संवादपछि पार्टीको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका थिए ।

यो सुनेपछि बरिष्ठ नेता माधबकुमार नेपाल पक्ष चकित भएको थियो । प्रचण्डमा यो कसरी चमत्कारी परिवर्तन आयो भनेर सबै एकछिन त चकित हुनुभयो, गुटको बैठकमा सहभागी एक नेताले भने ।

सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।

ओलीको सो प्रस्तावमा समर्थन गर्दै प्रचण्डले महाधिवेशन नै समस्याको निकास भन्ने निश्कर्ष सुनाउनु भएको सचिवालयका एक नेताले बताए ।

‘अव धेरै भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो।

छिटो महाधिवशेन गरेरै जाऔं,’ अध्यक्ष प्रचण्डको भनाई उल्लेख गर्दै ती नेताले भने । यो कुरा बाहिर आएपछि माधब नेपाल र नेता झलनाथ खनाल पक्षका नेताले प्रधानमन्त्रीसँग प्रचण्डले स्वार्थको सम्झौता गरेर अरु नेतालाई धोका दिएको आरोप लगाएका छन् ।

प्रकाशित भएको : July 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु