ओलीले भनेझैं कोरोना नियन्त्रणमा बेसारको असर : नेपालीले हावामा उडाए, युरोपका नागरिकले प्रयाेगमा ल्याए

 

हाम्रो भान्सामा तरकारीमा प्रयोग गरिने बेसार औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यदि घाँटी दुखेको छ वा शरीर ज्वरो आएको छ भने नेपाल र भारतमा दूधमा घोलेर बेसारको प्रयोग गर्ने चलन छ।

धेरै भारतीय यसलाई एक तरल रामबाण मान्दछन ।अझ कोरोनाविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन बेसारले अचुक भूमिका खेल्छ भन्ने पुष्टि समेत भइसकेको छ ।

पश्चिमी देशहरूले पछिल्लो समयमा बेसारको महत्व पत्ता लगाए र यसलाई एक सुपरफुडु बनाउनमा ढिलाइ गरेनन् ।

तिनीहरूले चिया र कफीमा बेसारको ताजा गठ्ठा मिसाएर प्रयोग गर्दै आएका छन् ।

उनीहरुले सर्वत बनाउन सुरू गरे र तुरुन्त फाइदाको लागि बेसारको एक गाढा पेय तयार पार्न थाले ।

जस्ले कोरोनाविरुद्ध लड्न पनि उनीहरुलाई शरीरमा छुट्टै स्फुर्ति प्रदान गरेको महसुस पनि गर्न थाले ।

केही समय अगाडि लण्डनको एक कफी सपमा गोल्डेन मिल्क भन्ने मेनुमा एक प्रकार पनि थपियो, जुन एकदमै महंगो थियो ।

त्यसमा कोलो मरिज, दूध, बेसार आदि मिलाएर बनाइएको थियो । यो कफी सपका सञ्चालक एक भारतीय नागरिक थिए ।

धेरैले त्यो कफी महंगो भनेर नखाएको बताइएको छ । तर त्यो बसार देख्ने बितिकै भारतका हजारौं हजुर आमाको र आफ्नो आमाले विरामी हुँदा बेसार दूध खुवाएको याद आएकाहरु पनि यही कफीमा झुम्मिए ।

बेसारलाई आयुवेर्दिक औषधिकोरुपमा विश्व विज्ञानले स्वीकार गरिसकेको छ ।

शरीर दुख्न कम गर्नका लागि बेसार प्रयोग महत्वपूर्ण मानिन्छ । अझ कोरोना भाइरसविरुद्ध शरीरमा ‘इम्युनिष्टी पावर’ रोगप्रतिरोधी क्षमता बढाउन बेसार महत्वपूर्ण भूमिका खेल्न थालेपछि युरोपको धेरै घरका भान्साहरुमा यस्को प्रयोग अनिवार्य बन्दै गएको छ ।

प्रकाशित भएको : July 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु