चितवनको अयोध्यापुरीमा रामसँग जोडिएका अवशेष फेला, नेपाली भूमिमा भारतीय दबदबा (भिडियो)

 

हिन्दू धर्मालम्बीहरुको आस्था भगवान रामको जन्मबारे विभिन्न दाबीहरु रहँदै आएका छन् । एकिनका साथ कतैपनि राम जन्मबारे पुष्टि गर्ने स्पष्ट आधारहरु पाइदैन ।

हिन्दू धर्मसँगका धेरै प्रसंगहरु नेपालसँग जोडिने गर्छन् । रामसँग जोडिएका धेरै प्रसंग नेपालका विभिन्न ठाउँहरु पनि रहेका छन् । चितवन र पर्साका दक्षिणी भागमा रामसँग जोडिएका प्रसंगहरु फेला परेका छन् ।

त्यसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि राम जन्मिएको अयोध्या नेपालमै पर्ने अभिव्यक्ति दिएका थिए । यसले नेपाल–भारत दुबैमा तरंग पैदा ग-यो ।

चितवन जिल्लाको साविकको अयोध्यापूरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटदेखि ३० किलोमिटर दक्षिणमा पर्छ ।

र, यो क्षेत्र प्रचार र संरक्षणको अभावमा जीर्ण बनेको छ । अयोध्यापुरी नेपाल भारतको त्यो सीमाना हो, जहाँ असमान सन्धिसँगै गण्डक बाध बनेको थियो ।

यही बाधसँगै बनेको पुलभन्दा पारीको क्षेत्र भारतको विहार राज्य पर्छ । नेपालको गण्डकी प्रदेशमा पर्ने विनयीत्रिवेणी गाउँपालिकाबाट नेपालकै सुस्ता र नेपालकै चितवनमा पर्ने वाल्मिकी क्षेत्रमा जानका लागि एकमात्र विकल्प सोही पुल मात्र हो ।

सामान्य अवस्थामा पनि पुल पार गरेर नेपाली भूमि सुस्ता जान होस् वा वाल्मिकी क्षेत्र दुवैतर्फ जानलाई भारतीय एसएसबीका कारण निकै कष्ट झेल्नुपर्छ । अर्काे विकल्प भनेको, डुंगा चढेर नारायणी नदी पार गरेर पुग्ने हो ।

वाल्मीकि आश्रमको क्षेत्रमा ऐतिहासिक पुरातात्व र प्रमाणिक महत्वका अवषेशहरु फेला परेपछि २०२२ सालमा तत्कालीन राजा महेन्द्र सोही क्षेत्रमा पुगेर केही सुकुम्बासीहरुलाई मन्दिरको संरक्षण गर्नेगरी बस्ती बसालेका थिए ।

देशको सीमानाको रक्षा गरिरहेका सुकुम्बासीका आफ्नै पीडा छन् । भारतीय एसएसबीले आजसम्म सुकुम्बासी बस्ती यहाँ नबसेको भए या त नक्कली वाल्मीकि बनाईसक्ने प्रष्ट छ ।

वाल्मीकि क्षेत्र जहाँ वाल्मीकि बसेर महान ग्रन्थ रामायणको रचना गरे, जहाँ सितामाताले सुपुत्रद्वय लव, कुसलाइ जन्म दिइन, जहाँ लव कुशले नैतिक शिक्षादेखि धनुर्विधाको शिक्षा हासिल गरे ।

जहाँ वाल्मीकि सहित असाठी हजार ऋषिमुनिहरुले हवन गर्नेदेखि समाधी सम्म लिए । रामायणमा उल्लेख भएका अनेकन किस्साहरुको चर्चाहरु जोडिएको कथाहरु प्रत्यक्ष प्रमाणहरु फेला पर्दछन ।

यो त्यही ठाउँ हो जहाँ रामले छोडेको अश्वमेघज्ञ घोडा लब कुशले बाधेपछि राम र लवकुशको लडाई भएको थियो ।

पछि सुपुत्र चिनिसकेपछि रामले लव कुसलाई लिएर गए र सीतामाता पाताल प्रवेश गरिन भन्ने किम्बदन्तीसँग मेल खाने अवषेशहरुले प्रधानमन्त्रीको भनाइलाई थप बल पु-याउँछ ।

प्रकाशित भएको : July 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु