खासाको ‘केरुङ च्छो’ फुट्न सक्ने, भोटेकोसी किनाराका स्थानीयलाई बस्ती छाड्न आग्रह

 

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरी फुटेर नेपालमा क्षति पुग्न सक्ने भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

लगातारको वर्षाले सो पोखरी फुट्न सक्ने सूचना चीनको समकक्षी दोभाषेमार्फत जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ।

उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको वहाव अत्याधिक बढ्ने र त्यसले किनाराका बस्ती डुबानमा पर्ने भएकाले उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन प्रशासनले सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

बह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका नदी किनारका क्षेत्रमा जोखिम बढेको भन्दै प्रशासनले ती क्षेत्रमा सतर्कता अपनाउन सरोकारवाला तथा स्थानीयलाई आग्रह गरेको छ।

प्रकाशित भएको : July 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु