भदौ १ देखि हवाइ उडान खुल्ने, यथास्थितिको लकडाउनलाई अझै खुकुलो बनाइने

 

भदौ १ गतेदेखि हवाइ उडान खुलाइने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि हवाई उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन मन्त्रालयलाई निर्देशन दिइनेछ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ।

त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको सरकारले निर्णय गरेको छ। यद्यपी लकडाउनको नयाँ स्वरुप कस्तो हुन्छ भन्ने विस्तृत विवरण आएको छैन।

साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।

प्रकाशित भएको : July 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु