कोभिड -19 को बारेमा जानकारी दिन डा. शेखर कोईराला डडेल्धुरामा

 

बिश्वव्यापी माहामारीको रुप लिएको भाईरस कोभिड -19 अथवा कोरोना भाईरसको बारेमा जनताहरु समक्ष जनचेतना जगाउने र यसका बारेमा केहि कुराकानी गर्नका लागि नेपाली कांग्रेस का बरिष्ट नेता डा. शेखर कोईराला यहि चैत्र 15 गते डडेल्धुरामा जादै हुनुन्छ ।

नेपालमा पनि अहिले चुनौति का रुपमा भएको लकडाउन र विदेशबाट फर्किएकाहरुलाई मात्र यसको संक्रमण देखिएको अवस्था रहेको छ ।

आजै मात्र धनगढिमा थप एक जना संक्रमित सहित हाल नेपालमा चार जनालाई कोरोना भाईरस देखा परेको छ भने एक जना पुर्ण रुपमा स्वस्थ भई घर फर्कि सकेका छन ।

कोरोना भाईरसबाट कसरी बच्ने,विदेसबाट आएकाहरु किन सेल्फ क्वारेन्टाइनमा बस्न जरुरी छ र लकडाउनबारे कुराकानी गर्न भोली (२०७६ चैत्र १५ गते) नेपाली कांग्रेसका नेता डा शेखर कोइराला डडेल्धुराको “रेडियो अमरगढी ९७.४” मार्फत बिहान ८:१५ बजे प्रदेस-७ का जनतामाॅझ आउॅदै हुनुहुन्छ। समय मिलेमा सुन्ने प्रयास गर्नुहोला।
Hamro Patro मा गएर Radio Amargadhi 97.4 मार्फत संसारभर सुन्न सकिनेछ।

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु