के साँच्चै नेकपा अध्यक्ष प्रचण्ड झुक्किएर राष्ट्रपति निवास पुगेका हुन् ?

 
??????

काठमाडौं । पछिल्लो समय चर्कदै गएको आन्तिरक विवादमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फसेको छ ।

दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षले पार्टी एकता नै संकटमा पर्ने आंकलन गर्न थालिएको छ ।

यो बीचमा पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई झुक्काएर राष्ट्रपति निवास लगेको भन्ने कुरामा गलत्त भएको जिकिर गर्नुभएको छ ।

बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा सत्य भए पनि झुक्याएर पुर्‍याइएको भन्ने कुरा सत्य नभएको जानकारी दिनुभएको छ ।

शनिबारको सचिवालय बैठकपछि पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित राष्ट्रपति निवास पुगेका थिए ।

आइतबार बिहान प्रचण्डले आफ्नै निवासमा आफू निटक नेताहरुलाई आफूलाई झुक्याएर राष्ट्रपति निवास लगिएको ब्रिफिङ गरेको समाचार सार्वजनिक भएको थियो ।

सोही प्रसङ्गमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै प्रवक्ता श्रेष्ठले यस्तो उल्लेख गर्नुभएको हो ।

उहाँले झुक्याएर लगेको भन्ने कुरा सत्य नभएको बताउँदै भन्नुभयो, ‘झुक्याएर लैजाने खालको अध्यक्ष उहाँ हुनु हुन्न ।

झुक्याएर कोही लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’ प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड राष्ट्रपति निवासमा गएको कुरा सत्य भएको र आफूलाई झुक्याएर लगिएको भनेर कहींकतै ब्रिफिङ पनि नगरेको स्पष्ट पार्नुभयो ।

प्रकाशित भएको : July 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु