नेपाल मा १२० दिनपछि लकडाउन हटयो

 

काठमाडौ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारी ले अहिले देश पुरै ठप्प छ । देश बिदेशमा रहेका ठुला ठुला कम्पनी हरु बन्द भएका छन । कयौ नेपाली बिदेश बाट नेपाल आउने भनेर अन्तर्राष्ट्रिय हवाई पर्खेर बसेका छन । नेपाल मा पनि (कोभिड-१९) कोरोना भाईरस ले जतासुकै लकडाउन भएको छ । एक जिल्ला बाट अर्को जिल्ला जान सरकारी पास चाहिन्छ ।

गएकाे चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हट्ने भएको छ । कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको अर्थ एवं, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच सरकारले पटक पटक लकडाउनकाे अवधि थप्दै आएकाे थियाे । तर कोरोनाको जोखिम बढेको स्थानमा भने निधेषित क्षेत्र घोषणा गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित भएको : July 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु