राम लक्ष्मणको तस्बिर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

 

 

नेपालमा एक नयाँ नोट निष्कासन भएको छ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको १ हजार रुपैयाँको नयाँ नोट निष्कासन गरेको हो ।

केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जानकारी दिएको थियो । नोटमा साविकको हात्तीको तस्बिरभन्दा नयाँ हात्तीको तस्बिर राखिएको छ ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ अर्थात आजदेखि गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर छ ।

News Source

प्रकाशित भएको : July 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु