हिन्दु धर्मालम्बी रुष्ट हुने तीज गीत, तत्काल हटाउन धार्मिक संगठनको चेतवानी

 

हिन्दु महिलाहरुको महान आस्थाको पर्वको रुपमा लिइएको तीजको अवसरमा एक विवादित गीत बजारमा आएको छ ।

गायिका सोफिया थापाले अबको तीजमा ब्रत नबसौँ भन्दै गीत ल्याएपछि उनलाई विभिन्न धार्मिक संगठन र व्यक्तिहरुले गीत हटाउन चेतावनी दिन थालेका छन् ।

उक्त विवादित हटाउन भन्दै धेरै हिन्दुवादी संगठनहरुले अनुरोध गरेका हुन् । तर गायिका थापाले धार्मिक आस्थामाथि चोट नपुर्याएको दाबी गर्दै प्रहरीमा पुगेकी छिन् ।

यो बीचमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनि थापालाई समर्थन गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले थापाको पक्षमा बोलेकी हुन् ।

नेपाल प्रहरीलाई मेन्सन गर्दै अन्सारीले लेखेकी छिन्,‘ सोफिया जी को यो९अबको तीन नो ब्रत प्लिज० गीतले आम नेपाली महिलाको प्रतिनिधित्व गर्छ ।

यो गीतलाई लिएर कसैले उहाँलाई प्रताडित गर्ने वा धम्कि दिने कार्य गर्छ भने त्यस्ता जो कोही भए पनि तत्काल कानूनको दायरामा ल्याउने काम प्रहरीको हो ।’ अन्सारी यो भन्दा पहिले सरिता गिरीको पक्षमा बोल्दा पनि विवादमा परेकी थिइन् ।

यो गीतमा सोफियाको शब्द, संगीत र आवाज रहेको छ । हाइलाइट नेपालको युट्यब च्यानलमार्फत १९ जुन (आइतबार) सार्वजनिक भएको गीतमा अहिलेसम्म ६० हजार भन्दा धेरै भ्युज आएको छ ।

भिडियो मन पराउने भन्दा मन नपराउने धेरै रहेका छन् । उक्त भिडियोमा अहिलेसम्म १,५०० लाइक रहेको छ भने अनलाइक गर्नेहरुको संख्या २,४०० रहेको छ ।

प्रतिकृया दिनेहरुले उनको आलोचना गरेका छन् । १,२०० भन्दा धेरै कमेन्ट गरिएको उक्त भिडियोमा सोफियालाई धेरैले धार्मिक आस्थामाथि चोट पुर्याएको बताएका छन् । दर्शकहरुले उनको भिडियो पनि रुचाएका छैनन् ।

प्रकाशित भएको : July 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु