बाजुराकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

 

बाजुराकी एक गर्भवतीको उपचारको लागि हेलिकप्टरमार्फत् सुर्खेत लगिएको छ।

स्वामीकार्तिक गाउँपालिका वडा नम्बर- १ साप्पाटाकी २१ वर्षीया शर्मिला बुढालाई सुत्केरी हुन नसकेपछि उद्धार गरी सुर्खेत लगिएको हो।

५ गते साँझ प्रसूतिका लागि साप्पाटा स्वास्थ्य चौकी आएकी उनलाई २४ घण्टासम्म पनि बच्चा नजन्मेपछि स्वास्थ्य अवस्था जटिल भएको छ।

उद्धारका लागि खबर आएपछि सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि उपलब्ध सेवा अन्तर्गत हवाई उद्धार गरिएको बताए।

उनको पाठेघरको मुख सानो भएकोले बच्चा जन्माउन नसकेको स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै गैह्रेले बताए।

प्रकाशित भएको : July 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु