प्रचण्ड भन्छन: अब ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प छैन

 

काठमाडाैँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । सोमबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीसँग सहमति गरेर मात्रै अगाडी बढ्न सक्ने निष्कर्ष

निकालेका हुन । प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङ गरेका थिए । नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी भएका थिए । बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ

र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिएका थिए । साउन ३ गतेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने र सबै कुरा त्यही टुंगो लगाउने प्रस्ताव ओलीले राखेपछि मोटामोटी त्यसमै समझदारी भएको थियो । शीर्ष तहमा चर्किएको कलहको टुंगो

लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ । यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन ।

प्रकाशित भएको : July 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु