केपी ओलीलाई बिदा गरौँ, न्यायाधीशमाथि महाभियोग लगाऔँ : नेता भट्टराई

 

काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर गएको भन्दै संकटबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै पाँचवटा सुझाव दिएका छन् ।

उनले पहिलो संसद् अधिवेशन बोलाउन भनेका छन् भने दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न सुझाव दिएका छन् ।

त्यसैगरी अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने सुझाव दिएका छन् ।

देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ; २.KPO लाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!

प्रकाशित भएको : July 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु