पूर्वडीआईजी केशमा सर्वोच्चको चर्को आलोचनापछि फैसला उल्ट्याउन सरकारद्धारा निवेदन दर्ता

 

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइराला आफ्नी श्रीमती गीता ढकालको ज्यान लिएको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका छन् ।

वि.सं. २०६८ सालमा कोइराला श्रीमती ढकालको ज्यान लिएका उनी सर्वस्वसहित जन्म कैदको सजाय भोग्दै आएका थिए । तर अचानक सर्वोच्च अदालतको यस्तो फैसला आएपछि अहिले सामाजिक सञ्जालदेखि लिएर हरेक क्षेत्रमा सर्वोच्च अदालतको आलोचना हुन थालेको छ ।

यो बीचमा रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी समेत रहेका कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार रिहा भएका हुन् ।

नेपालको कानुनमा सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन पाइन्छ ।

बिहीबार रञ्जन रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर उनलाई स्वागत गर्न गएकी थिइन् । रेग्मी पनि गीता प्रकरणमा जेल परेर छुटेकी हुन् । उनीहरुले आफूहरुबीच विहे भइसकेको जानकारी दिएका छन् ।

प्रहरीलाई दिएको बयानमा रञ्जनले यो घटनामा आफु भन्दा बाहेक अरु कसैको संलग्नता नभएको बताएका थिए ।

प्रकाशित भएको : July 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु