नारायणी अस्पतालका कर्मचारी तथा प्रहरीसहित बीरगञ्जमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

 

बीरगञ्ज । नारायणी अस्पतालको एक कर्मचारी तथा एकजना प्रहरी कर्मचारीसहित बीरगञ्जमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा सोमबार राति आएको रिपोर्ट अनुसार नारायणी अस्पतालका एक कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा नारायणी अस्पतालको ई.आर. शाखामा कार्यरत ३१ बर्षीय पुरुष, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २१ बर्षीय पुरुष, जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ५६, ४८ तथा २६ बर्षीय तीनजना पुरुष, कलैया उपमहानगरपालिका–५ का ४८ बर्षीय तथा इलाम जिल्ला निवासी ५६ बर्षीय पुरुष एवं बीरगंज महानगरपालिकाका बिभिन्न वडाका ८ जना गरि १५ जना रहेका छन ।

कोरोना संक्रमण पुष्टि हुने १५ जनामध्ये बीरगंज महानगरपालिका–११ श्रीपुरकी ४५ बर्षीया १ जना महिला रहेकी छिन ।

प्रकाशित भएको : July 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु