यत्ति वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी !

 

काठमाडौं । मान्छे कहिलेसम्म बच्चा हुन्छ यो सामान्यतया बहस गर्नुपर्ने विषय होईन् । बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले ‘परिपक्व बन्नुपर्छ’ भनेका छन् ? अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर छ ?

यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ । मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा ुवयस्कु हुन सक्दैनन् ।

नेपाल र ब्रिटेनसहित धेरै देशका कानुन अनुसार १८ वर्ष पुगेकाहरूलाई वयस्क मानिन्छ । वैज्ञानिकहरूका अनुसार मानिस परिपक्वा वा वयस्य हुने उमेर हरेकका लागि फरक हुन्छ।विभिन्न अनुसन्धानका अनुसार १८ वर्षको उमेर भएका व्यक्तिहरूको मस्तिष्कमा परिवर्तन भइरहने हुँदा त्यसले उनीहरूको व्यवहारमा प्रभाव पार्न सक्छ ।

केमब्रिज विश्वविद्यालयका प्राध्यापक पिटर जोन्सले भने, ‘तपाईँ बाल्यकालबाट वयस्क अवस्थामा कहिले पुग्नुहुन्छ भन्ने कुरा बेतुकको तर्क जस्तो देखिन्छ । बाल्यकालबाट वयस्य हुने प्रक्रिया तीन दशकमा सम्पन्न हुने निकै सूक्ष्म परिमार्जन हो ।’ उहाँ थप्नुहुन्छ, ‘मेरो अनुमानमा शैक्षिक, स्वास्थ्य र कानुनी प्रणालीले वयस्यको उमेर तोक्नु आफ्नो अनुकूल परिस्थिति बनाएका हुन ।’

प्रकाशित भएको : July 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु