याङजाकोट परिवार युकेका अध्यक्ष क्या.सुर्यप्रकाश गुरुङलाई पितृशोक

 

याङजाकोट तमू समाज पोखराका पूर्व अध्यक्ष तेजबहादुर गुरुङको ७७ वर्षको उमेरमा आज बिहान दुःखद निधन भएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट छापा स्थायी घर भई हाल पोखरा १२ माटेपानी निवासी गुरुङको आज बिहान पोखरा सेती नहरमा डुबेर निधन भएको हो । उहाँका जेठा छोरा क्या.सुर्यप्रकाश गुरुङ हाल याङजाकोट परिवार युकेको अध्यक्ष हुनुहुन्छ ।

मृतक गुरुङको पार्थिव शरिरलाई अहिले पोष्टमार्टमको लागि गण्डकी अस्तपाल पोखरामा राखिएको छ ।

प्रकाशित भएको : July 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु