ओली तिर झुकेकै हुन त गाैतम ? बालुवाटारमा यसाे भने

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई मजबुद् बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नु पर्ने बताएका छन्।

मंगलबार दिउँसो बालुवाटार भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतर बहुमत सदस्यको स्थायी कमिटी बैठकमा बोल्दै वामदेवले आज बिहान आफूले सार्वजनिक गरेका सुझावका बुँदालाई मानेर जानु पर्ने बताएका हुन्।

गौतमले मंगलबार बिहान दुई अध्यक्षलाई विभिन्न ६ बुँदामा सुझाव दिएका थिए। गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ। उनले मन्त्रिपरिषद् पुनर्गठनका प्रस्ताव पनि राखेका छन्।

‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने।’

साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन्। ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन्। गौतमका सुझाव अध्यक्ष केपी शर्मा ओलीलाई सघाउ पुर्‍याउने खालका छन्।

अन्तिम पटक अपडेट गरिएको : July 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु