पोखरा विश्वविधालयको भबिष्य सुनिश्चित गर्न महामन्त्री तिमल्सिना आए सडकमा

 

सत्ताको उन्मातमा मात्तियको कम्युनिस्ट सरकारले बिगत एक बर्ष देखि पोखरा बिश्वविधालय पदाधिकारी नियुक्त नगर्दा हजारौं विद्यार्थीको भबिष्य माथी खेलबाड भएको छ|

पोखरा विश्वविधालयमा रिक्त उपकुलपति लगाएत अन्य पदाधिकारीहरु नियुक्त गरि हजारौं-हजार विद्यार्थीको भबिष्य सुनिश्चित गर्न गरिएको रिले अनशनमा नेवि संघ केन्द्रिय समितिको तर्फबाट पोखरा विश्वविधालयमै पुगि एक्यवद्धता जनाउनुहुँदै संघका महामन्त्री-बल्देव तिमल्सिनाले विद्यार्थी भबिष्य माथी खेलबाड भएको भन्दै नेबि संघ अब चुप लागेर नबस्ने बताउनु भयो|

महामन्त्री तिमल्सिनाले विद्यार्थीलाई अनुसन्धानमा लगाई विषम परिस्थितिको सामना गर्नुपर्ने बेला उल्टै राज्य गैर जिम्मेवार भएको भन्दै सरकारलाई आन्तरिक बिबादमा भन्दा जिम्मेवार भएर विद्यार्थीको भबिष्य सुनिश्चित गर्न आग्रह गर्नुभयो|

महामन्त्री तिमल्सिनाले कुलपति तथा प्रधानमन्त्री उत्तेजित भएर हावा कुराको पछि दौडन भन्दा भएका शिक्षालयहरु ब्यवस्थित गर्न लाग्नुपर्छ भन्दै आफू बिश्वविधालयले उपकुलपति नपाउन्जेल सम्म सडक संघर्षमा रहने बताउनु भयो|

कार्यक्रममा त्रिवि समिति अध्यक्ष हरि आचार्य,निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेल लगाएत नेताहरु उपस्थित भएको नेबि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले बताउनु भयो| पदाधिकारी नियुक्त गर्न माग गर्दै बिगत एक हप्तादेखी विद्यार्थी आन्दोलित भएका छन् पोखरा बिश्वविधालयको प्रवेशद्वारमा रिले अन्सन जारी छ|

अन्तिम पटक अपडेट गरिएको : July 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु