रामकाे देशमा रावणकाे रजाइँ : भारतले औपचारिक रुपमा नेपाली भु-भागमा कब्जा जमायो

 

काठमाडौं । नेपालमाथी भारतले अर्को कूटनीतिक बदमासी गरेको छ । उसले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र भारतकै हो भन्दै भर्खरै एउटा पत्र पठाएको छ । नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र भारतकै हा भन्ने अन्र्तराष्ट्रिय जगतमा देखाउँन उक्त कुटिल पत्र पठाएको अनुमान गरिएको छ ।

उसले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र भारतको भएकाले दावी गर्दै नेपालीहरुलाई प्रवेशका लागि रोक्न चेतवानी सहितको औपचारिक अफिसियल पत्र पठाएको छ । भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लेखेको पत्र बाहिर आएको हो ।

जसमा गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । यहाँलाई स्मरण गराऔँ । नेपाल भारत खुला सीमा क्षेत्र छ । नेपाल भारतमा छिर्न दुबै देशका नागरिकका लागि अवैध हुँदैन ।

तर भारतले पत्रमा गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमिलाई भने आफ्नो बनाउँनका लागि षड्यन्त्रपूर्वक यस्तो पत्र लेखेको दावी गरिएको छ । अन्र्तराष्ट्रिय अदालतमा नेपाल गएमा यो एक प्रमाणको रुपमा देखाउँन उसले पत्र पठाएको विज्ञहरुको ठहर छ ।

उसले सन् २०२० सम्मपनि उक्त भूमि भारतकै थियो भन्ने भ्रम पार्नका लागि यो अफिसियल पत्र पठाएको हो नेपाल सरकार संवेदनशील बन्नुपर्छ एक परराष्ट्र विज्ञले भने ।

उसले नेपाली भूमिलाई भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्ने गरेको भन्दै लेख्नु हदैसम्मको कुटनीतिक हद पार गरेको उनको बुझाई छ । उक्त पत्र भारतको धार्चुला प्रशासन कार्यालयले नेपालको दार्चुला जिल्ला प्रशासनलाई लेखेको छ ।

उसले उक्त गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको हो । नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपनि भूभागलाई भारतले आफ्नो क्षेत्र रहेको दावी गर्दै आएको छ ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । तर त्यो कार्यलाई हस्तक्षप गर्नका लागि भारतले रणनीतिक रुपमा यो पत्र पठाएको बुझिएको छ । तर यो पत्र जनबोली मिडियामा आइसक्यो । यो बारे नेपाल सरकार भने केही बोलेको छैन ।

सांकेतिक रुपमा हिँजो उक्त क्षेत्र भारतको दावी मात्र गरेको थियो । तर औपचारिक रुपमा पत्र नै पठाएर उक्त भूमि भारतको हो भनिनु नेपालका लागि अतिनै दुखद हो । नक्सा जारी गरेर मात्र बस्ने सरकार अति नै गम्भीर हुन जरुरी छ । यसैले भारतको यो हर्कत र नेपाल सरकार थाहा नपाए जसरी बस्नुलाई तपाई के भन्नुहुन्छ कमेण्टमा लेख्नुहोला ।

नेपाली भुमिमा भारतकाे रँजाइ : भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ,

अन्तिम पटक अपडेट गरिएको : July 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु