टिकटकले अब प्रयोगकर्तालाई यसरी पैसा दिने

 

काठमाडौ । विश्वभरी नै लोकप्रिय बन्दै आएको एप टिकटक अब पैसा कमाउने बाटो बन्ने भएको छ । विश्वका धेरै मानिसले खाता खोलिसकेको टिकटकले अब प्रयोगकर्तालाई पैसा दिने घोषणा गरेको हो ।

विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको एपमा पर्दछ । यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको आँकडा छ ।

नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता रहेका छन् । टिकटकले राम्रो कन्टेन्ट क्रियट गर्ने प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने निर्णय लिएसँगै अब यो कमाउने बाटो भएको हो ।

राम्रो कन्टेन्ट बनाउने प्रयोगकर्तालाई त्यसमा आएको भ्यूज र कमेन्काट आधारमा पैसा दिने निर्णय टिकटकले गरेको छ । त्यसका लागि अमेरिकामा २ सय मिलियन डरको कोष बनाएको सीएनएनले जनाएको छ। हाल यो योजना अमेरिकामा मात्र लागु हुनेछ। पछि यो विश्वभरी पुग्नेछ ।

टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकारी दिएका हुन्। उनले भनेका छन्, राम्रो कन्टेन्ट बनाउने उत्कृष्ट प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो।

जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाइएको हो। यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ। तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन।

प्रयोगकर्ताले आफ्नो खातामा बैक खाता जोड्नुपर्नेछ । उक्त खातामा टिकटकले सजिलै पैसा जम्मा गरिदिनेछ ।

प्रकाशित भएको : July 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु