काठमाडौं उपत्यकामा संक्रमितको संख्या तीब्ररुपमा बढ्दै, थप ४८ जनामा संक्रमणको पुष्टि

 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा हिजो मंगलबार मात्र एकै दिन ४५ संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएका हुन् ।

उपत्यकाको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४१, भक्तपुर ५ र ललितपुरका २ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका ५ र काठमाडौंका १९ संक्रमित फेला परेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका ४ जनामा संक्रमण पाइएको छ भने नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना संक्रमण पुष्टि भएको छ ।

उता स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

योसंगै उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ३६ पुगेको छ ।

काठमाडौंमा ३ सय ९१, ललितपुरमा ९२ र भक्तपुरमा ५३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित भएको : July 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु