भारतीय गाडीलाई काठमाडौं आउन दिने व्यापारीको निर्णय

 

काठमाडौं ।

भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरिएको छ । फलफूल तथा थोक व्यवसायी संघले बिहिबार यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना

रोकतोक प्रवेश गर्न सक्छन । यस्तो निर्णयले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै फलफूल व्यापारी चिन्तित भएका छन् । लकडाउनपछि नेपाल–भारत सिमानाबाट भारतीय ट्रकबाट नेपाली नम्बर प्लेटको ट्रकमा पल्टि गरेर फलफुल ल्याइन्थ्यो । तर,अब त्यसो गर्नु नपर्ने निर्णय गरिएको छ । भारतीय

नम्बरको मालवाहक ट्रक सिधै कुलेश्वर आउँदा त्यसमा चालक, सहचालक, एजेन्ट र साईकलमा फलफुल व्यापार गर्नेहरु पनि आउँछन्। ‘भारतीय नागरिक बिना चेकजाँच आउँदा कोरोना संक्रमणको जोखिम बढ्छ’ कुलेश्वरका एकजना फलफूल व्यवसायीले भने–‘बोर्डरबाट पल्टि गरेर फलफूल ल्याउँदा

सुरक्षित हुन्छ । भारतबाट आउने ट्रक सिधै आएपनि चीनतर्फबाट ल्याउने तरकारी केरुङ बोर्डरबाट पिसिआर परीक्षण गरेका नेपाली चालक र सह–चालकले ल्याउँछन् । चीनतर्फबाट आउने फलफूलमा लापरवाही भएको र भारतबाट आउने फलफूल नाकामा पल्टी गर्दा महंगो पर्ने भएर त्यस्तो निर्णय

गरिएको फलफूल तथा थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । कुरा गर्दै उनले भने– बोर्डरमा पल्टी गर्दा भिडाभाड भएकाले स्वास्थ्य सुरक्षा अप्नाएर ल्याउने निर्णय गरेका छौं । फलफूल व्यवसायीको निर्णयका कारण संक्रमणको जोखिम बढ्न लागेमा सो निर्णय फिर्ता लिन आफुहरु तयार रहेको अध्यक्ष बानियाँले बताए ।

प्रकाशित भएको : August 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु